२१ श्रावण, २०७३, शुक्रबार
ब्राजिल को शहर 'रियो द जेनेरियो' मा आज 'ओलम्पिक २०१६' उद्घाटन सम्पन्न भयो । सन् १८९६ देखि सुरु भएको खलेकुद उत्सवको यो २८औँ शृङ्खला हो। नेपालका तर्फबाट ५ खेलमा ७ जना खेलाडिले सहभागि जनाउने भएका छन्।
१३ वर्षिया पौडिवाज गौरिका सिंह यस ओलम्पिक भरि कै कान्छि खेलाडि हुन् ।
(बिबिसिको विशेष रिपोर्ट)
आजकै दिनमा 'धनुर्वाण' (Archery) का केहि खेलहरु पनि सम्पन्न भए । नेपालका ओलम्पिक सहभागि मध्य एक सहभागी हुन - जित बहादुर मोक्तान । जितबहादुर मोक्तान को यो पहिलो ओलम्पिक सहभागिता हो ।
खेलको सुरुवातमा प्रत्येक खेलाडिलाई ७२ वटा वाण दिईन्छ। ति ७२ वटा वाणलाई खेलाडिले १२ राउण्डमा प्रहार गर्नु पर्छ अर्थात प्रत्येक राउण्डमा ६ वटा वाण प्रहार गर्नु पर्दछ । यस्को लागी ४ मिनेट अत्याधिक समय तोकिएको हुन्छ अर्थात ४ मिनेट भित्र मा ६ वटा वाण हानि सक्नुपर्दछ। औसतमा १ वाण हान्नको लागि ४० सेकेन्ड को समय हुन्छ। ति १२ वटा राउण्डलाई पनि ६, ६ राउण्डमा विभाजन गरि पहिलो र दोश्रो चरणमा विभाजन गरिएको हुन्छ।
यदि कसैले सबै १२ राउण्डमा वाण X अथवा भित्रि पहेँलो वृत्तमा पार्दछ भने उस्को पुर्णाङ्क ७२० हुन आउँछ। यस पटक प्रथम हुने दक्षिण कोरियाका किम वुजिन ले सर्वाधिक ७०० अङ्क ल्याएर नयाँ विश्व किर्तिमान कायम गरे। उनको अङ्क तालिका यस्तो रह्यो :
नेपालका प्रतिश्पर्धि जित बहादुर मोक्तानले ६०७ अङ्क ल्याउन सफल भए । उनले ४ पटक पहेँलो घेरामा हान्न सफल भएका थिए ।
मुक्तानले दोश्रो चरणको खेल अब मङ्गलबार साँझ खेल्छन। त्यसबेला उनको अङ्क प्रत्येक राउण्डमा भारतका अतानु दाश सँग तुलना हुन्छ, जसले धरै राउन्ड जित्छ उहि नै अन्तिम ३२ का लागी छनोट हुन्छ । न कि अन्तिम को जम्मा प्राप्ताङ्क हेरेर। यदि दुवै जनाले बराबर राउण्ड जितेमा खेल टाई ब्रेकर मा जान्छ ।
तुलनात्मक रुपमा अतानु दाश मोक्तान भन्दा धेरै बरियता माथिका खेलाडि हुन् । शुक्रबारको खेलमा उनले ६८३ जम्मा अङ्क ल्याएर पाँचौ स्थानमा थिए। तर यो चरणमा जम्मा अङ्क भन्दा पनि राउन्ड पिच्छे विजेता चुनिने भएको ले मुक्तानलाई उर्जा मिल्न सक्छ ।
आगामी दिनमा पनि नेपाल बाट सक्षम प्रतिस्पर्धि सहभागी होउन र नेपालको राम्रो प्रदर्शन देख्न पाईयोस भन्ने कामना गरौँ ।
नेपालको अर्को सहभागिता आईतबार पौडिमा छ, हामी त्यस्को पनि अपडेट लिएर आउने छौँ । हजुरहरूलाई यो ब्लग कस्तो लाग्यो कृपया तल कमेन्ट गरिदिनुहोला।
जदौ ऽ
ब्राजिल को शहर 'रियो द जेनेरियो' मा आज 'ओलम्पिक २०१६' उद्घाटन सम्पन्न भयो । सन् १८९६ देखि सुरु भएको खलेकुद उत्सवको यो २८औँ शृङ्खला हो। नेपालका तर्फबाट ५ खेलमा ७ जना खेलाडिले सहभागि जनाउने भएका छन्।१३ वर्षिया पौडिवाज गौरिका सिंह यस ओलम्पिक भरि कै कान्छि खेलाडि हुन् ।
(बिबिसिको विशेष रिपोर्ट)
आजकै दिनमा 'धनुर्वाण' (Archery) का केहि खेलहरु पनि सम्पन्न भए । नेपालका ओलम्पिक सहभागि मध्य एक सहभागी हुन - जित बहादुर मोक्तान । जितबहादुर मोक्तान को यो पहिलो ओलम्पिक सहभागिता हो ।
#Archery अङ्कमा
यस खेलको मुख्य उद्धेश्य भनेको धनुस बाट वाणले ताकेर तोकिएको गोलाकार निशानाको केन्द्रमा खोप्नु हो।
तल देखाईएको तस्विर जस्तै धनुस र निशानाको दुरी ७० मिटर हुन्छ भने वाणको वजन २८ ग्राम हुन्छ।
वृत्ताकारको निशाना मा १० वटा वृत्तहरू छुट्टाईएको हुन्छ। प्र्त्येक २ वृत्तमा एउटा रङ्ले विभाजन गरिएको हुनाले निशानामा ५ रङ् देख्न सकिन्छ । ति रङ्हरू बाहिरबाट क्रमशः सेतो, कालो, निलो, सुन्तला र सुनौलो पहेँलो गरि मिलाएर पोतिएको हुन्छ, पहेँलोमा वाण हानेवापत ९ वा १० अङ्क र सेतो रङ्गमा हाने १ वा २ अङ्क प्राप्त हुन्छ।
यस्तो निशानाको व्यास (diameter) १२२ से.मि. हुन्छ । यदि कसैले घेरामै हाने भित्रि घेराको (यानेकि धेरै) अङ्क गनिन्छ। बिचको सुनौलो भागमा अझ सानो वृत्त हुन्छ, यस भागमा परेको निशाना को अङ्क X भनिन्छ जुन १० गनिन्छ तर टाइ-ब्रेकर भएमा विजेता छान्न प्रयोग गरिन्छ।
![]() |
| Archery : Courtesy BBC |
यदि कसैले सबै १२ राउण्डमा वाण X अथवा भित्रि पहेँलो वृत्तमा पार्दछ भने उस्को पुर्णाङ्क ७२० हुन आउँछ। यस पटक प्रथम हुने दक्षिण कोरियाका किम वुजिन ले सर्वाधिक ७०० अङ्क ल्याएर नयाँ विश्व किर्तिमान कायम गरे। उनको अङ्क तालिका यस्तो रह्यो :
नेपालका प्रतिश्पर्धि जित बहादुर मोक्तानले ६०७ अङ्क ल्याउन सफल भए । उनले ४ पटक पहेँलो घेरामा हान्न सफल भएका थिए ।
मुक्तानले दोश्रो चरणको खेल अब मङ्गलबार साँझ खेल्छन। त्यसबेला उनको अङ्क प्रत्येक राउण्डमा भारतका अतानु दाश सँग तुलना हुन्छ, जसले धरै राउन्ड जित्छ उहि नै अन्तिम ३२ का लागी छनोट हुन्छ । न कि अन्तिम को जम्मा प्राप्ताङ्क हेरेर। यदि दुवै जनाले बराबर राउण्ड जितेमा खेल टाई ब्रेकर मा जान्छ ।
तुलनात्मक रुपमा अतानु दाश मोक्तान भन्दा धेरै बरियता माथिका खेलाडि हुन् । शुक्रबारको खेलमा उनले ६८३ जम्मा अङ्क ल्याएर पाँचौ स्थानमा थिए। तर यो चरणमा जम्मा अङ्क भन्दा पनि राउन्ड पिच्छे विजेता चुनिने भएको ले मुक्तानलाई उर्जा मिल्न सक्छ ।
आगामी दिनमा पनि नेपाल बाट सक्षम प्रतिस्पर्धि सहभागी होउन र नेपालको राम्रो प्रदर्शन देख्न पाईयोस भन्ने कामना गरौँ ।
नेपालको अर्को सहभागिता आईतबार पौडिमा छ, हामी त्यस्को पनि अपडेट लिएर आउने छौँ । हजुरहरूलाई यो ब्लग कस्तो लाग्यो कृपया तल कमेन्ट गरिदिनुहोला।
जदौ ऽ

No comments:
Post a Comment